ad
x

प्रधानमन्त्रीसँग महिला उद्यमीहरुको भेटघाट : महिला औद्योगिक पार्क स्थापना गर्न आग्रह

person explore access_timeफागुन १, २०७८ chat_bubble_outline0

महिला उद्यमीहरूलाई प्रधानमन्त्री तथा उद्योग वाणिज्य आपूर्ति मन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । पाँच जना महिला उद्यमीहरुको टोलीले प्रधानमन्त्री तथा उद्योग, वाणिज्य देउवासँग भेटघाट गरेका हुन् ।


दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजाल, नेपाल महिला उद्यमी महासंघकी वरिष्ठ उपाध्यक्ष शोभा ज्ञवाली र महिला उद्यमी विकास समितिकी सभापति रिता सिम्हाले देउवासँग भेटवार्ता गरेका हुन् । यस्तै, महिला उद्यमी मञ्चकी संयोजक छाया शर्मा र महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी सभापति शारदा रिजाल समेत भेटवार्तामा सम्मिलित थिइन ।



प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष प्रमिला आचार्य रिजालले नेपालमा महिला औद्योगिक पार्क स्थापना गरी महिला उद्यमशीलतालाई बढावा दिने साझा लक्ष्यसहितको संयुक्त ज्ञापनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरिन् । नेपाल सरकारले ७७ वटै जिल्लामा औद्योगिक ग्राम स्थापना  गर्ने व्यवस्था गरेको छ ।

औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ दफा ८.१  मा महिला उद्यमी विशेष औद्योगिक ग्रामको प्रावधानअनुसार, ‘महिला उद्यमीलाई उद्योगतर्फ आकर्षित र प्रोत्साहन गर्न महिला उद्यमीले मात्र उद्योग स्थापना गर्न पाउने गरी नेपाल सरकारले यस कार्यविधिको प्रावधानअनुरुप महिला उद्यमी विशेष औद्योगिक ग्राम घोषणा गर्न सक्नेछ’ भने पनि अहिलेसम्म घोषणा गरिएको छैन ।

दक्षिण एसियाली महिला विकास मञ्च, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको पीपीपी मोडलमा हरित औद्योगिक पार्क स्थापना भइरहेको छ । जसलाई ‘कृषि पर्यटन पार्क’ को रूपमा प्रवद्र्धन गरिनेछ । सेवा क्षेत्रलाई पर्यटनमा केन्द्रीत गरी कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५०–६० साना उद्योग स्थापना गरिनेछ । आयोजनाको गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन सम्पन्न भइसकेको छ ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।