प्रिमियर इन्टरनेशनल र स्पोर्ट्स फेडेरेसनबीच साझेदारी
प्रिमियर इन्टरनेशनल (आइबी) वर्ल्ड स्कुलले इन्टरनेशनल स्कुल स्पोर्ट्स फेडेरेसन (आईएसएफ) सँग सहकार्य गरेको छ । स्पोर्ट्स फेडेरेसन नेपाल खेलकुद महासंघमा समेत आबद्ध रहेको छ । यस सहकार्यले अन्तर्राष्ट्रिय स्तरका खेलकुद पाठ्यक्रमलाई नेपाली विद्यालयमा समावेश गरी खेलकुदको क्षेत्रमा सुधार गर्ने लक्ष्य लिएको छ ।
प्रिमियर स्कुलले अन्तर्राष्ट्रिय स्तरको खेलकुद पूर्वाधार तयार गर्ने, देशको शिक्षा प्रणालीको विकास गर्ने र अहिलेको युग सुहाउँदो शिक्षामा विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । इन्टरनेशनल ओलम्पिक कमिटीद्वारा मान्यता प्राप्त स्पोर्ट्स फेडेरेसनले सन् १९७२ देखि स्कुल खेलकुदको लागि अन्तर्राष्ट्रिय खेलकुद व्यवस्थापन निकायको रूपमा काम गर्दै आएको छ ।
प्रिमियर स्कुल नेपालको पहिलो र आईएसएफको सदस्य रहेको छ । स्कुल समर गेम्स (यू १८), वर्ल्ड स्कुल च्याम्पियनसिप, आईएसएफ ई स्पोर्ट्स जस्ता अन्य धेरै विद्यालयस्तरका खेलकुद कार्यक्रमहरू आयोजना गर्नको लागि आईएसएफ मान्यता प्राप्त संघ हो । यस सहकार्यबाट अब नेपालका विद्यार्थीले हरेक वर्ष यी खेलमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । विद्यार्थीहरूले विश्वका विभिन्न भागहरुबाट ३५ सयदेखि ५ हजार विद्यार्थीसँगै २० भन्दा बढी शैक्षिक र गैरशैक्षिक खेलहरूमा भाग लिन सक्छन् ।
यस सहकार्यमार्फत प्रिमियरका विद्यार्थीहरूका साथै अन्य स्कुलका अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने विद्यालय खेलकुदमा संलग्न हुनको लागि नयाँ ढोका खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी