बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

हल्ट प्राइज आइओईको फाइनल सम्पन्न

आइतबार, ०१ फागुन २०७८, १७ : १०
आइतबार, ०१ फागुन २०७८

हल्ट प्राइज आइओई (इन्जिनियर अध्ययन संस्थान) को २०२१/२२ फाइनल शनिबार (माघ २९) गते सम्पन्न भएको छ । कार्यक्रममा कुल १८ टोलीले पिच गरेका थिए । टिम मेजरमि एआईले ‘बाजरा बेस्ट इन टेकु’ अवार्डको साथै आइओई हल्ट विजेता भएको छ । त्यस्तै, फस्ट रनरअप टिम मीम र सेकेन्ड रनरअप टिम मुसुर भएको छ । 

कार्यक्रम बज्र टेक्नोलोजिज, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक, भर्टेक्स नेपाल, इम्प्याक्ट नेपाल र दराजसँगको सहकार्यमा सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रम चार उद्यमशील शृङ्खला, दुई वर्कशप, दुई मेन्टरसिप सत्र शृंखलापछि हल्टको कार्यक्रम अन्तिममा आइपुगेको हो ।

क्याम्पस निर्देशक विशाल बस्यालले फाइनलमा पुगेका सबैलाई बधाई दिएका छन् । बज्र टेक्नोलोजीका प्रमुख रणनीति अधिकारी श्रीयनले हालसम्मको प्रगतिको प्रशंसा गर्दै प्रतियोगिता बाहिर नेतृत्व गर्ने बताए  । त्यस्तै, भेर्टेक्स नेपालका परियोजना प्रबन्धक अशोक, सामाजिक सुरक्षा तथा रोजगार मन्त्रालयका युवराज बस्नेत, इम्प्याक्ट नेपालका बहार कुमारले सबै टोलीलाई बधाई दिएका छन् ।

अतिथिहरु भ्वाइस नेपालका सोनुप पौडेल, पत्रकार दिलभूषण पाठक, संगीतकार आकाश खड्का, समीर श्रेष्ठ, ओएसिस थापा लगायत व्यवसायी संजोग कोइराला, कलाकार मदनकृष्ण श्रेष्ठ र नायिका ऋचा शर्माले आफ्ना क्षेत्रको अनुभव र वर्तमान अवस्थामा सुर्धानुपर्ने विषयका बारेका बोलेका थिए । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप