आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचनमा १ करोड ७९ लाख मतदाता हुने आयोगको अनुमान

आइतबार, ०१ फागुन २०७८, १७ : ०५
आइतबार, ०१ फागुन २०७८

आगामी बैशाख ३० हुने स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता पुग्ने अनुमान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा आगामी बैशाख २९ गतेसम्म कट अफ डेट निर्धारण गरेको भन्दै उक्त संख्यामा मतदाता पुग्ने आयोगले अनुमान गरेको बताएका हुन् ।

‘आसन्न स्थानीय तह सदस्यको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन २०७९ साल वैशाख २९ गते अर्थात स्थानीय तहका सदस्यको निर्वाचन हुने दिनभन्दा ठीक अघिल्लो दिनलाई आधार मान्ने गरी निर्दिष्ट मिति (Cut off date) निर्धारण  गरेको छ’, आयोगले भनेको छ  ‘नेपालको निर्वाचन इतिहासमा पहिलो पटक निर्वाचन हुने दिनभन्दा अघिल्लो दिनलाई आधार मानी १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति (Cut off date) मान्दा मतदाता नामावलीमा नाम समावेश भएका करिव थप दुई लाख युवाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने सुनिश्चित भएको छ ।’

साथै निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित कामहरु अन्तिम मतदाता नामावली, निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने र निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने काम भइरहेको जनाएको छ । त्यस्तै निर्वाचन ब्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको  छ भन्दै स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचन आयोगका लागि करिव १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएअनुसार नेपाल सरकारसँग बजेट प्रस्तावसहित बजेट स्वीकृतिको प्रकृयामा रहेको र सो अगावै निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता लिई प्रतिस्पर्धात्मक प्रक्रियाबाट बोलपत्र आव्हान गर्नेगरी मापदण्ड र स्पेसिफिकेशन स्वीकृत गरिएको जनाएको छ ।

यसैगरी आयोगले निर्वाचन आयोग र अन्तरगत कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म कायम गरिएको छ भने विदाका दिनमा समेत नियमित कार्यसम्पादन गर्ने ब्यवस्था मिलाएको पनि जनाएको  छ । आयोगले आसन्न स्थानीय तह सदस्य निर्वाचनमा विद्युतीय मतदान उपकरणको प्रयोगको सम्भाव्यताका सम्वन्धमा विज्ञहरुसँग भएको छलफल तथा परामर्श अनुसार यससम्बन्धी कार्यको अध्ययन गरी सात दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न एक कार्यदल समेत गठन भएको जानकारी दिएको छ ।

आयोगले आगामी फागुन ७ गते सात प्रदेशका साथै ७० वटा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन दिवस मनाउने कार्यक्रम तय गरेको छ । आयोगले स्थानीय तह सदस्य निर्वाचन र आयोगको नियमित कार्यसम्पादनका क्रियाकलापहरूलाई आम नागरिक तथा सबै सरोकारवालहरु बीच सूचनाको सहज पहुँच स्थापित गर्न निर्वाचन आयोगका प्रवक्ता वा सहायक प्रवक्ताबाट हप्ताको दुईपटक प्रत्येक सोमबार र बिहीबार) अपरान्ह ४ बजे पत्रकार भेटघाट कार्यक्रम राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप