फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा
आइतबार, ०१ फागुन २०७८, १६ : ४९

लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको निर्णय गरिएको जानकारी दिएको छ ।
प्रदेश आन्तरिक मामिला मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद बैठक २०७७ चैत्र १३ को निर्णयानुसार फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने सूचना जारी गरेको छ । यसअघि प्रदेश सरकारले फागुन ३ गते प्रदेश स्थापना दिवस दाडमा मनाउने निर्णय गरिसकेको छ ।