८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले फागुन २ गते (सोमबार) ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जरी गर्दै सोमबार दिउँसो ३ बजे ९१ दिनका लागि र १८२ दिनका लागि गरी कुल ८ सय करोड अर्थात् ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागिएको जानकारी दिएको हो ।
बैंकका अनुसार कुल ८ अर्बमध्ये, ९१ दिनका लागि २ अर्ब र १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ । इच्छुक लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, व्यवसायिक संस्था तथा व्यक्तिगत लगानीकर्ताले रित पुर्याएर आवेदन दिन सक्नेछन् । ट्रेजरी बिल भने आगामी फागुन ३ गते मंगलबार सार्वजनिक गरिनेछ ।
खुल्ला प्रतिस्पर्धात्मक प्रणालीमा बिल बिक्री गरिने भएपनि कुल रकमको ८५ प्रतिशत प्रतिस्पर्धा बाटै र १५ प्रतिशत चाहीँ विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन