महाअभियोगबारे सत्तारुढ दल जसपाले पत्तै पाएन !

सत्ता गठबन्धनका एक घटक जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगबारे छलफल नभएको पाइएको छ । सो दललाई कुनै जानकारी नै नदिइकन सत्तारुढ दलका अन्य सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गराएको खुलासा भएको हो ।
सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ९८ जना सांसदले हस्ताक्षर गरी जबराविरुद्ध महाअभियोग गर्दा गराउँदा सत्ता गठबन्धनमा रहेको जसपालाई भने यसबारेमा जानकारीसम्म नभएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले महाभियोगको बारेमा आफ्नो पार्टीलाई कुनै जानकारी नरहेको प्रतिकृया दिए ।
उनले भने, ‘महाभियोगको बारेमा सञ्चारमाध्यमबाट जानकारी पाएँ, पार्टीको आधिकारिक धारणा बैठक बसेर तय गर्छौँ ।’ त्यस्तै, लोकतान्त्रिक समाजवादीपार्टी नेपाल (लोसपा) लाई पनि यो महाअभियोगको बारेमा जानकारी छैन । सो पार्टीका कार्यकारिणी सदस्य एवं सांसद अनिलकुमार झाले सत्ताधारी दलहरुले किन महाभियोग लगायो भन्नेबारेमा आफूहरुलाई कुनै जानकारी नरहेको बताए । उनले भने, ‘जुन प्रधानन्यायधीशले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए, उनलाई नै महाभियोग लगाइयो, यो बुझ्न नसकिएको कुरा हो ।’
सोही पार्टीका कार्यकारिणी सदस्य एवं प्रदेश सांसद जितेन्द्र सोनलले पनि महाभियोगको बारेमा पार्टीले आधिकारिक धारणा ल्याउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओम प्रतिकको ‘मोअर’ साउनमा रिलिज हुने
-
नेपाल टेलिकमद्वारा एसईई अफर घोषणा, २० रुपैयाँमा सिमकार्ड
-
३५ वर्ष बसेका जोडीलाई अमेरिकाले गर्यो डिपोर्ट
-
‘एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक’
-
राजेश हार्डवेयरसहित ५ कम्पनीको बिक्री वितरण रोक्का
-
आलोकनगरमा सुरु भयो समाजवादी मोर्चाको बैठक