बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

नेप्सेमा १०१ अंकको गिरावट

आइतबार, ०१ फागुन २०७८, १५ : ३६
आइतबार, ०१ फागुन २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाभियोग दर्ता भएसँगै धितोपत्र बजार समेत प्रभावित हुन पुगेको छ । अर्थात नेप्सेमा आज १०१ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक अधिकतम १०१ दशमलव २४ अंकले घट्दै २७ सय सय दशमलव ३२ अंकमा झरेको छ । यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १५ दशमलव ६२ अंकले घट्दै ५११.६६ विन्दुमा झरेको छ । 
समग्रमा आज सेयर बजारमा तीन दशमलव ६१ प्रतिशतले खस्किएको छ । 

त्यसो त साताको पहिलो कारोबार दिनसमेत रहेको आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ भने, पाँच अर्ब ९७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । 
यस दिन सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले अधिकतम ८.३७ प्रतिशतले गुमाएका छन् भने यता नबिल समृद्धि फन्ड–२ का लगानीकर्ताहरूले सामान्य २.९४ प्रतिशतले कमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप