कमल थापालाई राजेन्द्र लिङ्देनले दिए बधाई

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालको अध्यक्ष बनेकोमा कमल थापालाई बधाई दिएका छन् । उनले कमल थापाको आगामी दिन सुखमय बनोस् भन्ने शुभकामना पनि दिएका छन् । ‘राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई’, लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
पार्टीको गत निर्वाचनमा निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराएको भन्दै थापाले छानबिनको माग गर्दै आएका थिए । तर सो मागको सुनुवाइ नभएपछि उनी पार्टीबाटै अलग भएका हुन् । लिङ्देनले थापाको पार्टी परित्यागलाई अप्रत्यासित भएको भन्दै फर्किन आग्रह गर्दै आएका थिए ।
यसैबीच राप्रपा प्रवक्ता मोहन श्रेष्ठले लाक्पा संस्थापक रहेको राप्रपा नेपालमा साधारण सदस्यता लिएर प्रवेश गरि अध्यक्ष भएको भन्दै कमल थापालाई बधाई दिएका छन् । उनले पुरानो राप्रपा नेपालको संस्थापक अध्यक्ष रवीन्द्रनाथ शर्मा भएको र अहिले सो पार्टी अस्तित्वमा नरहेकाले कोही भ्रममा पर्न नहुने बताएका छन् ।
‘हामी समेतले रगत पसिना बगाएको त्यो राप्रपा नेपाल राप्रपामा विलय भइसकेको छ । राप्रपामा विलय भइसकेपछि अस्तित्वमा नरहेको र नयाँ गठन भएको राप्रपा नेपालको संस्थापक अध्यक्ष लाक्पा तामाङ हुन् । लाक्पा संस्थापक रहेको राप्रपा नेपालमा साधारण सदस्यता लिएर प्रवेश गरि अध्यक्ष हुनुभएकोमा कमल थापालाई हार्दिक बधाई’, श्रेष्ठले भने, ‘लाक्पाले अहिले जिम्मा लगाएको राप्रपा नेपाल विचार, सिद्धान्त र कुनै पनि दृष्टिले त्यतिबेलाको राप्रपा नेपाल नरहेकाले कोही भ्रममा नपर्न अनुरोध गरिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुस्ती’को छायाङ्कन सुरु
-
भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने
-
पश्चिम नवलपरासी झडप अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु
-
एन्टिबायोटिक औषधिको सेवन बिचमै छोड्नु घातक !
-
सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र सबै एउटै डुङ्गामा छौँ : अध्यक्ष ढकाल
-
बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘मौद्रिक नीतिको समीक्षा स्वाभाविक र अपेक्षित’