बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापालाई राजेन्द्र लिङ्देनले दिए बधाई

आइतबार, ०१ फागुन २०७८, १५ : ३४
आइतबार, ०१ फागुन २०७८

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालको अध्यक्ष बनेकोमा कमल थापालाई बधाई दिएका छन् । उनले कमल थापाको आगामी दिन सुखमय बनोस् भन्ने शुभकामना पनि दिएका छन् ।  ‘राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई’, लिङ्देनले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

पार्टीको गत निर्वाचनमा निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराएको भन्दै थापाले छानबिनको माग गर्दै आएका थिए । तर सो मागको सुनुवाइ नभएपछि उनी पार्टीबाटै अलग भएका हुन् । लिङ्देनले थापाको पार्टी परित्यागलाई अप्रत्यासित भएको भन्दै फर्किन आग्रह गर्दै आएका थिए । 

यसैबीच राप्रपा प्रवक्ता मोहन श्रेष्ठले लाक्पा संस्थापक रहेको राप्रपा नेपालमा साधारण सदस्यता लिएर प्रवेश गरि अध्यक्ष भएको भन्दै कमल थापालाई  बधाई दिएका छन् । उनले  पुरानो राप्रपा नेपालको संस्थापक अध्यक्ष रवीन्द्रनाथ शर्मा भएको र अहिले सो पार्टी अस्तित्वमा नरहेकाले कोही भ्रममा पर्न नहुने बताएका छन् । 

‘हामी समेतले रगत पसिना बगाएको त्यो राप्रपा नेपाल राप्रपामा विलय भइसकेको छ । राप्रपामा विलय भइसकेपछि अस्तित्वमा नरहेको र नयाँ गठन भएको राप्रपा नेपालको संस्थापक अध्यक्ष लाक्पा तामाङ हुन् । लाक्पा संस्थापक रहेको राप्रपा नेपालमा साधारण सदस्यता लिएर प्रवेश गरि अध्यक्ष हुनुभएकोमा कमल थापालाई हार्दिक बधाई’, श्रेष्ठले भने, ‘लाक्पाले अहिले जिम्मा लगाएको राप्रपा नेपाल विचार, सिद्धान्त र कुनै पनि दृष्टिले त्यतिबेलाको राप्रपा नेपाल नरहेकाले कोही भ्रममा नपर्न अनुरोध गरिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप