मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसीको विरोधमा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन सडकमा (तस्बिरहरु)

आइतबार, ०१ फागुन २०७८, १५ : ३१
आइतबार, ०१ फागुन २०७८

सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका भ्रातृ संगठनहरुले आइतबार संयुक्त रुपमा राजधानीमा विरोध प्रदर्शन गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । 

देशैभर प्रदर्शन गर्ने पार्टीको निर्णयाअनुसार गरिएको कार्यक्रममा सहभागी जनवर्गीय संगठनहरुले एमसीसी विरुद्ध सम्पूर्ण नेपालीहरु नै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप