आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दीपककुमार कार्की कामु प्रधानन्यायाधीश

आइतबार, ०१ फागुन २०७८, १८ : ०२
आइतबार, ०१ फागुन २०७८

वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बित हुने हुँदा कार्की पनि स्वतः कामु प्रधानन्याधीश बनेका हुन् ।

काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिका रहनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप