बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राप्रपा अध्यक्ष लिङ्देनको प्रतिक्रिया– हिजो महाअभियोग लगाउने देउवा र प्रचण्ड थिए, अहिले नेपाल थपिए

आइतबार, ०१ फागुन २०७८, १४ : ०८
आइतबार, ०१ फागुन २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले योजनावद्ध रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरिएको बताएका छन् । 

सत्तारुढ दलमध्ये नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  ‘स्थानीय तहको चुनाव घोषणा भएपछि ५ वर्षअघि पनि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएको थियो, आज चोलेन्द्र शमशेरविरुद्ध,’ लिङ्देनले ट्वीटरमा लेखेका छन्, ‘फरक यत्ति भो कि हिजो महाअभियोग लगाउने पात्र शेरबहादुर देउवा र प्रचण्ड थिए, अहिले  माधव नेपाल थपिए ।’ 

राप्रपा अध्यक्ष लिङ्देनले सत्तारुढ दलहरुले योजनाबद्ध रुपमा महाभियोग दर्ता गरेको बताएका छन् । ‘देश जोगाउन सबै सचेत बनौँ,’ उनले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप