शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाइडेन र पुटिनबीच ६२ मिनेट फोनवार्ता, के–के भयो कुराकानी ?

आइतबार, ०१ फागुन २०७८, १३ : ४०
आइतबार, ०१ फागुन २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । शनिबार भएको फोनवार्ता युक्रेन–रुसकाबीच जारी तनावका विषयमा केन्द्रीत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । कुराकानीका क्रममा बाइडेनले पुुटिनसँग युद्ध रोक्न अपिल गरेका छन् ।

उनले दुई देशबीच युद्ध भएमा रुसविरुद्ध उपयुुक्त कारबाही गर्ने चेतावनी समेत दिएका छन् । फोनवार्तामा रुसी राष्ट्रपति पुटिनले अमेरिकालाई सन्कीको संज्ञा दिएका छन् । पुटिनसँगको कुराकानी लगत्तै अमेरिकाले युक्रेनस्थित आफ्नो दूूतावास खाली गर्ने निर्देशन दिएको छ । 

के–के भयो कुराकानी ?
सञ्चारमाध्यामहरुका अनुसार ६२ मिनेटको कुराकानीमा बाइडेनले पुटिनलाई यदि रुसले युक्रेनमा हमला गरेमा अमेरिका र उसका सहयोगी देशले रुसलाई कडा जवाफ दिने चेतावनी दिएका छन् । बाइडेनले वार्ताका क्रममा भने, ‘हमलाबाट मानव जातिलाई भारी नोक्सानी हुनेछ । यसका लागि रुसले युद्धको बारेमा नसोचोस् ।’

बाइडेन र पुटिनको कुराकानीपछि अमेरिकी रक्षा मन्त्रालयसँग सम्बन्धित एक अधिकारीले भने रुसले युक्रेनमाथि आक्रमण गर्छ कि गर्दैन भन्ने विषयमा निश्चित भइनसकेको बताए । उनले  पत्रकारसँग भने, ‘रुसले आक्रमण गर्छ वा गर्दैन अझै यस कुराको कुनै ठोस आश्वासन मिलेको छैन ।’ अमेरिकी रक्षा मन्त्रालयले युक्रेनबाट आफ्ना १६० सैन्य अधिकारीलाई फिर्ता बोलाएको छ भने त्यहाँ काम गरिरहेका ८० सैन्य अधिकारीलाई फिर्ता बोलाउने तयारी गरिरहेको छ ।

फोन वार्तापछि रुसी संसदको वरिष्ठ विदेश नीतिका सल्लाहकार युरी युशाकोभले भने, ‘अमेरिकाको सनक आफ्नो चरम अवस्थामा पुगेको छ ।’ 

रुसले काला सागरमा पनि गर्यो युद्ध अभ्यास

युक्रेन सीमामा घेरेपछि रुसले कालासागरमा पनि युद्धाभ्यास सुरु गरेको छ । कालासागरमा रुसले ३० ओटा  समुद्री जहाजलाई उतारेको छ । रुसले युक्रेनलाई तीन तर्फबाट घेरेको छ र सीमामा सेना तैनाथी गरेको छ ।  उता, अमेरिका र बेलायतपछि जर्मनीले पनि युक्रेनबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउने तयारी गरेको छ । जर्मनी विदेश विभागले त्यहाँ रहेका आफ्ना नागरिकलाई छिट्टै फिर्ता ल्याउने तयारी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप