इमर्जिङ नेपालको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?
आइतबार, ०१ फागुन २०७८, १३ : १५
इमर्जिङ नेपालको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन, बेलुकी ५ बजेसम्म आवेदन दिन सकिन्छ । कम्पनीले गत माघ २६ गतेदेखि फागुन १ गते अर्थात् आजसम्मका लागि प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको थियो ।
कुल ५ लाख ५५ हजार ६०० कित्ता मध्ये कम्पनीले २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएर बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको थियो ।
इच्छुक लगानीकर्ताहरुले कम्पनीको आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार