सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

इमर्जिङ नेपालको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

आइतबार, ०१ फागुन २०७८, १३ : १५
आइतबार, ०१ फागुन २०७८

इमर्जिङ नेपालको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन, बेलुकी ५ बजेसम्म आवेदन दिन सकिन्छ । कम्पनीले गत माघ २६ गतेदेखि फागुन १ गते अर्थात् आजसम्मका लागि प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको थियो । 

कुल ५ लाख ५५ हजार ६०० कित्ता मध्ये कम्पनीले २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् २७ हजार  ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएर बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको थियो ।

इच्छुक लगानीकर्ताहरुले कम्पनीको आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप