अखिल क्रान्तिकारीले पिलीमा मनायो २७ औं जनयुद्ध दिवस
आइतबार, ०१ फागुन २०७८, १२ : १४
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आइतबार कालीकोटको पिलीमा २७ औं जनयुद्ध दिवस मनाएको छ । तत्कालीन माओवादी जनयुद्धको महत्वपूर्ण युद्ध मोर्चामध्येको एक पिलीमा पुगेर अखिल क्रान्तिकारीले २७ औं जनयुद्ध दिवस मनाएको हो ।
यो कार्यक्रममा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित विद्यार्थी नेताहरु दिनेश पुन, अमर जंग शाही, राजेन्द्र बुढासहित सो पार्टीका नेताहरु संयोजक लक्ष्मी चौलागाई, अग्नि साहीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारीकी अध्यक्ष सिंहले पिली मोर्चा हारिएको भए माओवादी आन्दोलन नै संकटमा पर्ने सक्ने अवस्था रहेको स्मरण गर्दै सोही युद्धमा पार्टी विजयी बन्दा तत्कालीन शाही सरकार रक्षात्मक बनेको बताइन् । उनले माओवादी आन्दोलनकै बलमा अहिलेको अवस्था आइपुगेको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत