सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

दुधको मूल्य बढाइएपछि उपभोक्ता मञ्चको विरोध

भन्यो–उपभोक्तालाई मारमा पारियो
आइतबार, ०१ फागुन २०७८, ११ : ३५
आइतबार, ०१ फागुन २०७८

सरकारले कच्चा दुधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँ बढाएपछि राष्ट्रिय उपभोक्ता मञ्चले विरोध गरेको छ । मन्त्रीपरिषद् बैठकले किसानले पाउने दुधको मूल्य बढाएर प्रतिलिटर ५६.०४ रुपैयाँ पुयाएपछि मञ्चले विरोध गरेको हो । मञ्चले भनेको छ, ‘किसानले बिक्रि गर्ने दूधको मूल्य बढाएको भनिएपनि पुरानै समर्थन मूल्य नपाएको स्थिती छ । यो निर्णयले किसान र उपभोक्ता दुवैलाई झुक्याइएको छ ।’ सरकारको उक्त निर्णयपछि उपभोक्ता मूल्य ९ रपैयाँले बढेको र सो निर्णयबाट उपभोक्ताले मार खेप्नुपर्ने जनाएको छ ।
 
दुग्ध विकास संस्थानले बढाएको उपभोक्ता मूल्य वदनियतपूर्ण र गैह्रजिम्मेवारपूर्ण रहेकाले तत्काल सच्याउन मञ्चले माग गरेको छ । ‘सरकारले बढाएको मूल्यले नपुगेर डेरी उद्योग संघ र डेरी एसोसिएशनले उपभोक्ता मूल्यमा थप १ रपैयाँ बढाएका छन्,’ मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने । यो विषयलाई सरकारले गम्भीरताका साथ लिएर स्थापित नियम कानून तथा उपभोक्ता हित विपरित काम गर्ने उद्योगी व्यवसायी माथि कानूनी कारबाही गर्न महर्जनले माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप