शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डलरको मूल्य बढ्दै, आज १२०.९२ रुपैयाँ पुग्यो

आइतबार, ०१ फागुन २०७८, ११ : २७
आइतबार, ०१ फागुन २०७८

आज एक अमेरिकी डलरको बिक्रीदर १२०.९२ रुपैयाँ पुगेको छ । माघ २६ गते एक डलरको बिक्री मूल्य ११९.९० रुपैयाँ थियो । त्यसयता, निरन्तर उकालो लाग्दै आज करिब १२१ रुपैयाँ नजिक पुगेको हो । माघ २६ को तुलनामा आज फागुन १ गतेसम्म आइपुग्दा एक अमेरिकी डलरको मूल्य १.०२ रुपैयाँले बढेको छ । यस्तै, आज डलरको खरिद मूल्य १२०.३२ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी, आज एक यूरोको बिक्रीदर १३७.६६ र खरिददर १३६.९७ रुपैयाँ छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १६३.८३ र खरिददर १६३.०२ रुपैयाँ छ । यस्तै, अष्ट्रेलियन डलरको बिक्रीदर ८६.१६ रुपैयाँ र खरिददर ८५.७३ रुपैयाँ कायम छ ।

सिंगापुर डलरको बिक्रीदर ८९.९१ रुपैयाँ छ भने खरिददर ८५.७३ रुपैयाँ छ । यसका साथै, १० जापानी येनको बिक्रीदर १०.४२ रुपैयाँ कायम हुँदा खरिददर १०.३७ रुपैयाँ छ । यता चिनियाँ युवानको बिक्रीदर १९.०२ हुँदा खरिददर १८.९२ रुपैयाँ छ ।

यसका साथै, साउदी रियालको बिक्रीदर ३२.२३ रुपैयाँ छ भने खरिददर ३२.०७ रुपैयाँ छ । यस्तै, कतारी रियालको बिक्रीदर ३३.२१ र खरिददर ३३.०५ रुपैयाँ छ भने संयुक्त अरब इमिरेट्सको दिरामको बिक्रीदर ३२.९२ रुपैयाँ र खरिददर ३२.७६ रुपैयाँ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप