नयाँ सिर्जना बाध्यता होः कमल थापा
आइतबार, ०१ फागुन २०७८, १० : ३५
नयाँ पार्टी गठनको तयारीमा रहेका कमल थापाले नयाँ सिर्जना बाध्यता भएको बताएका छन् । उनले पार्टीमा बस्ने वातावरण नबनाउने र बाहिर निस्कँदा पनि भ्रम फैलाइएको भन्दै कटाक्ष गरेका छन् । उनले औपचारिक रुपमा पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएको पनि बताएका छन् ।
‘म राप्रपाबाट औपचारिकरुपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टी भित्र बस्ने, टेक्ने ठाउँ नदिने। बाहिर निस्कँदा पनि सुख नपाउने। राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन। नयाँ सिर्जना वाध्यता हो।’
थापाले नयाँ पार्टी सोमबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण