शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन टुटाउने र सरकार गिराउने प्रपञ्च भइरहेका छन् : अध्यक्ष प्रचण्ड

आइतबार, ०१ फागुन २०७८, १० : २८
आइतबार, ०१ फागुन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको बताएका छन् । २७ औं जनयुद्ध दिवसका अवसरमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनविरोधि सत्ता गठबन्धन विरुद्ध षड्यन्त्रहरु जारी रहेको बताएका हुन् ।

‘प्रतिगमनविरोधि गठबन्धन टुटाउन, यो सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेका छन्’, अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनेको हो ।’ 

अध्यक्ष प्रचण्डले गठबन्धन कुनै देश विशेषसँग गरेका सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग वा लेनदेनका आधारमा गठबन्धन नबनाएको भन्दै जुन सैद्धान्तिक र राजनैतिक मान्यतामा गठबन्धन बनाएको हो त्यही मान्यताबाट अगाडि बढेमात्रै लक्ष्यमा पुगिने बताए ।

 ‘आज यदि कसैले कुनै एउटा परियोजनासँग गठबन्धनको भविष्य सोच्छ भने ऐतिहासिक धरातल भत्काउने जस्तै हुन जान्छ’, अध्यक्ष प्रचण्डको भनाइ छ । उनले जुन मुल्य र मान्यतामा रहेर गठबन्धन बनाइएको हो त्यसैमा जनता समेत दृढ रहेकाले जनताका उक्त मर्म र भावनाको उच्च सम्मान गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप