यसकारण आइपिएल अक्सनमा आइनन् प्रीति जिन्टा
![यसकारण आइपिएल अक्सनमा आइनन् प्रीति जिन्टा](https://rpcdn.ratopati.com/media/albums/Preity-Zinta-1-1-1200x900_kiknzmLSYM.jpg)
भारतको बैंगलोरमा हुन लागेको इन्डियन प्रिमियर लिगको मेगा अक्सनमा पञ्जाब किंग्सकी सहमालिक प्रीति जिन्टा उपस्थित नहुने भएकी छन् । हालैमात्र आमा बनेकी प्रीतिले सामाजिक सञ्जालमा यसको जानकारी दिँदै त्यसको कारण पनि उल्लेख गरेकी छन् ।
प्रीतिले आफ्ना जम्ल्याहा सन्तानलाई एक्लै छोड्न नसक्ने भएकाले अक्सनमा उपस्थित हुन नसक्ने बताएकी छन् । ‘यो वर्ष म आइपिएल अक्सनको हिस्सा हुन पाउने छैन । किनकि मेरा आफ्ना सन्तानहरूलाई छोडेर भारत आउन सक्दिनँ । एक साता यता हाम्रो टिम लिलामी र क्रिकेटको सबै कुरामा चर्चा गर्न व्यस्त छौं’, आइपिएल अक्सनको एक पुरानो तस्बिर राख्दै उनले लेखेकी छन् ।
उनले आफ्ना फ्यानलाई कोही खेलाडी अथवा आफ्नो टिममा कसैलाई राख्न चाहने हो भने सिफारिस गर्न सुझाव दिएकी छन् ।
प्रीतिको कुरा गर्दा उनी गत वर्ष नोभेम्बरमा सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानको आमा बनेकी थिइन् । आमा बनेपछि उनी सन्तानको स्याहारसुसारमा व्यस्त छिन् । विवाहको पाँच वर्षपछि प्रीति र उनका पति जीन गुडइनफको घरमा सन्तानको आगमन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब म मुक्कुमलुङ जान्छु : महतो
-
विलियमसनको शतकसामु खेर गयो ब्रिट्ज्केको कीर्तिमानी शतक
-
त्रिविकै नसुध्रिएको पुरानै चाला : कात्तिक २९ मा रिजल्ट आयो, तीन महिनासम्ममा ट्रान्सक्रिप्ट बनेन
-
निकुञ्ज र संरक्षण क्षेत्रमा जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन इप्पानको माग
-
‘लाज शरणम्’ को गीतमा बालेन शाहको स्वर
-
दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड राख्न सुरु