मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट फेरि सुरु

आइतबार, ०१ फागुन २०७८, ०९ : ३१
आइतबार, ०१ फागुन २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ । 

कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन गर्ने थालेको हो  ।

‘फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने’ महासचिव लीलामणि पौडेलले जानकारी दिए । उनका अनुसार गत २८ माघमा बसेको बार एशोसिएशनको निर्णय अनुसार उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति र स्वरुप तय गरिएको हो । 

विगत १ सय ७ दिन देखी न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदनको कार्यान्वयन र प्रधानन्यायाधीश राणाको राजीनामा माग पुरा नभएसम्म आन्दोलन जारी रहने महासचिव पौडेलको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप