आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हराएका बालबालिका फेला पारी आफन्तको जिम्मा

आइतबार, ०१ फागुन २०७८, ०८ : ०५
आइतबार, ०१ फागुन २०७८

सम्पर्कविहीन रहेका दुई बालबालिकालाई प्रहरीले सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विक्रम साहका अनुसार जनकपुरधाम उपहानगरपालिका–१४ मनिपाल क्षेत्रबाट हराएका पाँच वर्षीय दीक्षान्त दासलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित ब्रह्मपुरी चोकबाट प्रहरीले उद्धार गरेको हो ।

त्यस्तै जनकपुरधामको जानकी मन्दिरबाट हराएकी छ वर्षीया सोनीकुमारी मुखियालाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित पुल्चोकबाट शुक्रबार नै खोजतलास गर्ने क्रममा फेला परेको धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत बताए ।

सिरहा जिल्लाको बरियारपट्टी नगरपालिका घर भई जनकपुरधामको मणिपालक्षेत्रमा नन्दकहाँ गत एक महिनादेखि बसोबास गर्दै आएकी दीपिका दासका छोरा दीक्षान्तलाई हराएको दुई घण्टामै धनुषा प्रहरीले उद्धार गरेको थियो । यता सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ का बुधन मुखिया छोरीको विवाहका लागि जनकपुरधामस्थित जानकी मन्दिरमा नजिक चटपटे किन्ने क्रममा हराएकी उनकी अर्की छोरी सोनीकुमारीलाई पनि खोजी गरिएको प्रहरी नायब उपरीक्षकले जानकारी दिए । प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक बस्नेतले साना बच्चाहरूलाई घरबाहिर खेल्न पठाउँदा, सार्वजनिक स्थान तथा भिडभाडमा लग्दा एक्लै नछाड्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप