आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

आज मौसम सफा रहने

आइतबार, ०१ फागुन २०७८, ०६ : ४४
आइतबार, ०१ फागुन २०७८

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका केही भू-भागमा हुस्सु कुहिरो रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सोमबार पनि मौसम सामान्यतया सफा रहनेछ। मंगलबार भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली बाकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप