एमसीसीबारे निर्णायक कदम चाल्न प्रधानमन्त्री देउवालाई विज्ञहरूको सुझाव
अमेरिकी आर्थिक अनुदान सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न प्रधानमन्त्रीले निर्णायक पहल गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । एमसीसीका सन्दर्भमा यथार्थ विषय वस्तु प्रस्तुत गर्ने उद्देश्यसाथ प्राज्ञिक क्षेत्रले गरेको संवाद कार्यक्रममा उक्त सुझाव दिइएको हो ।
एमसीसीका तथ्य र आवश्यकता’ शीर्षकमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय कानुनका ज्ञाता, बौद्धिक अगुवाले एमसीसीअनुमो दन हुन नदिने राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा भइरहेका प्रयासलाई ध्यानमा राख्नुपर्ने बताए ।
उनीहरूले अनुदान रकम नलिएर देशमा ऋण थप्ने चेष्टा भइरहेको बताउँदै यस विषयमा सचेतता आवश्यक रहेको उल्लेख गरे । विज्ञहरूले सडक र विद्युत् प्रसारण लाइन निर्माणका लागि एमसीसी सम्झौता गरिएको र यसमा कुनै सैन्य र णनीतिको विषय उल्लेख नभएको बताए ।
उनीहरूले विचार धाराको लडाइँमा नेपालका राजनीतिक दलहरू लागेको बताउँदै एमसीसी रोकेर विश्वमञ्च र लगानीकर्ताबीच देशको छवि नबिगार्न चेतावनी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी