शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

उत्तरपूर्वी चीनमा बस विस्फोट, १ जनाको मृत्यु, ४२ घाइते

शनिबार, २९ माघ २०७८, २० : ४०
शनिबार, २९ माघ २०७८

उत्तरपूर्वी चीनमा शनिबार एउटा बस विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका सार्वजनिक सुरक्षा अधिकारीहरूले बताएका छन् । अनलाइन प्रसारण दृश्यमा सडक छेउको गाडीको झ्याल टुक्रा–टुक्रा भएको देखाइएको छ भने भग्नावशेषहरू चारैतिर छरिएका राज्य सञ्चालित प्रसारक सिटिभीले बताएको छ ।  

लियोनिङ प्रान्तको शेनयाङ शहरमा भएको विस्फोटबाट एक जनाको मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय सार्वजनिक सुरक्षा अधिकारीको भनाइ छ ।
 
शेन्याङ अधिकारीका अनुसार अन्य ४० जना सामान्य घाइते भएका छन् ।

सामाजिक सञ्जालमा प्रसारित अर्को भिडियो क्लिपमा विस्फोटनको कारण मानिसहरू बस नजिकै सडक छेउ बसिरहेका देखिएका छन् ।  विस्फोटनको कारणबारे जाँच भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप