बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

समस्याग्रस्त अर्थतन्त्रको मुद्दामा पूर्व अर्थमन्त्रीहरुको छलफल

शनिबार, २९ माघ २०७८, १९ : ४०
शनिबार, २९ माघ २०७८

पछिल्लो आर्थिक परिदृश्यलाई लिएर पूर्व अर्थमन्त्रीहरु छलफलमा जुटेका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) को आयोजनामा पूर्व अर्थमन्त्री डा.रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र डा.प्रकाशचन्द्र लोहनीसहितको फोरम वर्तमान मुलुकको आर्थिक समस्या र समाधानको विषयमा केन्द्रीत हुँदै छलफलमा जुटेको हो ।

पूर्वअर्थमन्त्री फोरमको बैठकमा देशको वर्तमान अवस्थामा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यालगायत आगामी बजेट तथा समसामयिक विषयहरुमा बैठक केन्द्रित रहेको फोरमको सदस्य सचिव विमल केडियाले जानकारी दिए ।

साथै सोही फोरममा निरन्तर घट्दो रेमिट्यान्सलाई कसरी बढाउने, पूँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा उद्यमशिलताको विकास एवं विस्तार गर्दै देशको दिगो आर्थिक विकास गर्ने विषयहरुमा समेत वृहत छलफल भएको केडियाले जानकारी दिए । 

पूर्व अर्थमन्त्रीहरुसहितको उक्त फोरमको सहजीकरण बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले गरेका थिए भने बैठकमा वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहको समेत उपस्थित रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप