मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नवलपरासीमा मोटरसाइकल दुर्घटना, २ जनाको अवस्था गम्भीर

शनिबार, २९ माघ २०७८, १९ : ३१
शनिबार, २९ माघ २०७८

शनिबार नवलपरासी (पश्चिम) मा मोटरसाईकल दुर्घटनामा परेर दुई  पुरुष गम्भीर घाइते भएका छने । जिल्लाको  प्रतापपुर गाउँपालिका–७ स्र्यपुराको भित्रि सडकखण्डमा दुई मोटर साइकल एक आपसमा ठोक्किँदा सोही पालिका–६ डिवानीका अन्दाजी ३५ वर्षका राजेश केवट र  सोही उमेर समूहका नाम ठेगाना खुल्न नसकेका पुरुष गम्भीर घाइते भएका हुन् ।

उक्त सडक खण्डमा युपी ५६ एएल १५१४ नम्वरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको लु २ प २०५४ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किँदा जिल्ला प्रहरी प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीले दिएको जानकारी दिए । 

नेपाली नम्बर प्लेट भएका मोटरसाइकल चालक केवट  र भारतीय नम्वर प्लेट भएका मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन् । घाइते दुबैलाई शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा पुर्याएको थियो। अवस्था दुबैको गम्भीर भए पनि हुलिया खुल्न नसकेका एक जनाको सोही अस्पतालमा उपचार भई रहेको छ ।

केवटलाई भने अहिले साँझ भैरहवा मेडिकलमा थप उपचारका लागि पठाइएको डिएसपी शाहीले जानकारी दिए । दुबै मोटरसाइकल  प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुवै जनाको अनुहार र हात खुट्टामा चोट लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप