बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक

शनिबार, २९ माघ २०७८, १८ : ५२
शनिबार, २९ माघ २०७८

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसीको विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् । जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा विकाससँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताएका हुन् । 

उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि यो महत्त्वपूर्ण विषय भएको बताए । अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरूको विषयमा सरोकारवाला निकायले आफ्नो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको बताए ।

अध्यक्ष ठाकुरले आफ्नो पार्टीमा कुनै विवाद नरहेको बताउँदै पार्टी छोडेर जानेहरूलाई रोक्न नसकिने बताए । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउँदै त्यो समयको आवश्यकता रहेर निर्णय लिने समेत बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप