पुलिसलाई पराजित गर्दै सातदोबाटो पाँचौँ स्थानमा उक्लियो
शनिबार, २९ माघ २०७८, १७ : ३८
विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० अन्तरले पराजित गर्दै नवप्रवेशी सातदोबाटो युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ स्थानमा उक्लिएको छ ।
लिगमा १० खेल खेलेको सातदोबाटोले चार खेलमा जित, तीन बराबर र तीन हारको नतिजा निकालेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा शनिवार सम्पन्न खेलमा सातदोबाटोका आकाश बुढामगरले निर्णायक गोल गरे । आकाशले १९औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सहजै पोस्टको दिशा दिएका थिए ।
लिगमा १० अङ्क जोडेको पुलिस तालिकाको १०औँ स्थानमा छ । पुलिसले १० खेलमध्ये दुईमा जित चारमा बराबर र चारमा हारको नतिजा आत्मसाथ गरेको छ । आजै दशरथ रंगशालामा भएको खेलमा लिग लिडर मच्छिन्द्र क्लबले तालिकाको पुछारमा रहेको च्यासल युथ क्लबलाई २–० ले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने