शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पैसा र सुन लुटपाट गरेको आरोपमा दुई भारतीय युवक पक्राउ

शनिबार, २९ माघ २०७८, १५ : ५७
शनिबार, २९ माघ २०७८

बाँके प्रहरीले चोरी र डकैती गरेको आरोपमा २ भारतीय युवकहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई जानकी गाउँपालिका–५ बुढिया गाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका युवकहरूबाट १ थान कटुवा पेस्तोलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।  उनीहरुमाथि गत पुस २९ गते बर्दिया बढैयाताल गाउँपालिका–८ सितबजार बस्ने परशुराम सार्कीको घरमा पेस्तोल देखाई करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको नगद र सुन लुटपाट गरेको आरोप लागेको छ ।

त्यस्तै माघ १७ गते उनीहरुले बाँके खजुरा गाउँपालिका डी गाउँ बस्ने हरिप्रकाश विकको घरबाट नगद ५० हजार रुपैयाँ, साढे ३ तोला सुन र मोटरसाइकल चोरी गरेको ईलाका प्रहरी कार्यालय खुद्रा खजुराले जनाएको छ । साथै चोरी भएको उक्त मोटरसाइकल माघ १८ गते बर्दियाको बढैयाताल गाउँपालिका–५ नजिकै रहेको पोखरीमा प्रहरीले फेला पारेको थियो । 

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप