तस्करसँग झडपपछि अवैध काठसहितको गाडी र चालक पक्राउ

रौतहटमा वन सुरक्षा टोली र तस्कर समूहबीच झडपपछि अवैध काठसहितको गाडी र चालकलाई गस्ती टोलीले नियन्त्रणमा लिएको छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले ६ र ४ को ४२ तान चिरान सालको काठसहितको गए राति ना ३ च ९६७५ नम्बरको महिन्द्रा पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा गाडी चालक वृन्दावन नगरपालिका विश्रामपुर बलेरिका नवीन बजगाईं रहेको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएफओ अमरदेव यादवले बताएका छन् । राष्ट्रिय वनबाट अवैधरूपमा उक्त चिरानकाठ लोड गरेर गइरहेको क्रममा शुक्रबार राति साढे ९ बजे चन्द्रनिगाहपुरभन्दा पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत १ नम्बर लचका नजिक वन सुरक्षा गस्ती टोलीले शंका लागेर रोकेको थियो ।
गस्ती टोलीले गाडी रोकेको देखेर जंगलमा लुकिबसेका १५ र १६ जनाको तस्कर समूहले मात्र ३ जनाको सङ्ख्यामा रहेका गस्ती टोलीसँग झडप सुरु गरेको थियो । पछि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरबाट थप मद्दत त्यहाँ पुगेपछि अन्य तस्कर जंगलमा भागेको र गाडी तथा चालकलाई नियन्त्रणमा लिएको डिभिजन प्रमुख अमरदेव यादवले जानकारी दिएका छन् ।
बरामद गाडी , काठ, तथा चालक नवीन बजगाईं डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेका छन् । तस्कर समूहले वन गस्ती टोलीसँग झडप गर्ने क्रममा स्थानीय प्रहरीलाई खबर गर्दा वास्ता नगरेको वन कर्मचारीले गुनासो गरेका छन् । भागेका तस्कर मध्येका २ जनाको मोबाइल घटनास्थलबाट बरामद भएको तथा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)
-
सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता छैन : गृहमन्त्री लेखक