सातामा १५ सयले बढ्यो सुनको मूल्य
शनिबार, २९ माघ २०७८, ११ : २७
यो साता सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्यले सुनको भाउ उकालो लागेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार ५०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १५ सयले बढेर ९४ हजार रुपैयाँ पुगेको छ । यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ ।
यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेको छ । गत साताको शुक्रबार चाँदीको प्रतितोला मूल्य १२ सय ५० रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्ममा ३० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन