बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनका शीर्ष तीन नेताबीच छलफल हुँदै

शनिबार, २९ माघ २०७८, १० : ४८
शनिबार, २९ माघ २०७८

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच शनिबार छलफल हुने भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो । 

आजको बैठकमा एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिइरहेको छ । तर, यसबारे सत्तारुढ गठबन्धनमा नै मतभेद रहेको छ । काँग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी संशोधनसहित एमसीसी पारित गर्नुपर्ने बताउँदै आइरहेको छ । सरकारले अब बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप