रियललाई पछ्याउँदै सेभिया
स्पेनिस ला लिगामा शुक्रबार राति भएको खेलमा सेभियाले इल्चेलाई २–० गोलले हरायो । जितसँगै दोस्रो स्थानमा रहेको सेभियाले रियलसँगको दुरी तीन अंकले घटाएको छ ।
सेभियाको जितमा अलेसान्द्रो गोमेज र राफा मिरले गोल गरे । पाहुना टोलीलाई खेलभर दबाबमा राखेपनि सेभियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ७०औँ मिनेटमा अलेसान्द्रो गोमेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि ७५औँ मिनेटमा अतिरिक्त खेलाडी राफा मिरले गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए । ६०औँ मिनेटमा जेसस कोरोनाको स्थानमा मैदान प्रवेश गरेका राफा मिरले एन्थोनी मार्सियालको पासमा गोल गरेका थिए ।
५७ प्रतिशत बल पोसेसन राखेको सेभियालाई पहिलो हाफमा रोकेपनि इल्चे दोस्रो हाफमा निरीह बन्यो । सेभियाका अलेसान्द्रो गोमेज ‘म्यान अफ दिन म्याच’ भए । जितसँगै सेभियाले २४ खेलबाट ५० अङ्क बनाएको छ । शीर्षस्थानमा रहेको रियलको २३ खेलबाट ५३ अङ्क छ । पराजित इल्चे २६ अङ्कसहित १४औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या