बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी सरकारले तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने

शनिबार, २९ माघ २०७८, ०८ : ४२
शनिबार, २९ माघ २०७८

लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माका अनुसार फागुन १–३ सम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । प्रदेशको राजधानी दाङ तोकिएकाले सोही स्थानमा तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । 

कोभिड सङ्क्रमणको जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै प्रतिकात्मक रूपमा स्थापना दिवस मनाउने गरी प्रदेश सरकारले योजना बनाएको मन्त्री शर्माले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप