नारायणघाट–बुटवल सडक : स्वीकृतभन्दा पाँच सय गुणा बढी रुख कटान
दुई प्याकेजमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडक खण्डमा स्वीकृत डीपीआरमा उल्लेख भएभन्दा चारदेखि पाँच सय गुणा बढी सङ्ख्यामा रुख कटान गरिएको छ । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार पहिलो चरणमा ५७६ र दोस्रो चरणमा ४४० प्रतिशत बढी रुख काटिएको पाइएको हो ।
बैठकले बढी रुख काट्न स्वीकृति दिनेमाथि कारबाही गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकका निर्णयबारे जानकारी दिँदै समितिका सभापति कल्याणीकुमारी खड्काले आवश्यकताभन्दा बढी रुख काटिएकाले आयोजनाको काम नै प्रभावित हुन पुगेको ठहर भएको बताए । उनले डीपीआरभन्दा गलत आँकडा पेस गर्ने र उक्त कार्यलाई स्वीकृत गर्ने पदाधिकारीहरूमाथि १५ दिनभित्र छानबिन गरी त्यसको प्रतिवेदन समितिमा उपलब्ध गराउनसमेत सरकारलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने