बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कास्कीका शैक्षिक संस्था फागुन १ देखि सञ्चालनमा

शुक्रबार, २८ माघ २०७८, २१ : ३५
शुक्रबार, २८ माघ २०७८

कोरोना सङ्क्रमण जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाका कारण बन्द कास्कीका शैक्षिक संस्थामा आगामी फागुन १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी निषेधाज्ञाको आदेशलाई खुकुलो बनाउँदै स्वास्थ्य मापदण्डको पालना गर्ने गरी भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्न अनुमति दिएको हो ।

गत पुस अन्तिम सातादेखि कोरोना जोखिम बढेपछि बन्द विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न अनुमति दिएको हो । निषेधाज्ञा आदेशपछि  विद्यालयले अहिले अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी जयनारायणका आचार्यका अनुसार मास्कको उचित प्रयोग, हात धुने व्यवस्था, सेनिटाइजरको प्रयोग र विद्यार्थीका बीचमा भौतिक दूरी पालना गराउने गरी शैक्षिक संस्था सञ्चालनको अनुमित दिइएको हो । यसैगरी विद्यार्थी ओसारपसार गर्दा माथिल्लो र तल्लो कक्षाका विद्यार्थीलाई भीडभाड नहुने गरी फरक÷फरक समयमा आवागमनको व्यवस्था मिलाउन, अतिरिक्त कक्षा सञ्चालन नगर्न र कक्षाकोठा, शौचालयलगायत भौतिक संरचनाको सरसफाइ गर्न प्रशासनले आग्रह गरेको छ ।

यसैगरी होटल तथा रेष्टुरेण्टमा कूल क्षमताको आधाभन्दा बढी नहुने गरी भौतिक दूरी कायम गर्नुपर्ने, मठमन्दिर तथा धार्मिकस्थलमा स्वास्थ्य मापदण्डको पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थना गर्न सकिने जारी सूचनामा उल्लेख छ । जिल्लामा सिनेमा हल, डान्सबार, दोहोरी, नाच घर, क्लब, हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, ब्युटीपार्लर लगायत भीडभाड हुने अन्य प्रकारका कार्यक्रममाथि भने अझै पनि रोक लगाइएको छ । 

प्रशासनले आमसभा, जुलुस सभा वा धेरै मानिस भेला हुने क्रियाकलाप पनि गर्न नपाइने गरी आदेश जारी गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप