बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली सेना र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता

शुक्रबार, २८ माघ २०७८, २१ : २०
शुक्रबार, २८ माघ २०७८

नेपाली सेना कृषि विज्ञान संस्थानमा B. Sc. Agriculture कार्यक्रम सञ्चालन गर्नका लागि शुक्रबार सम्झौता भएको छ । जंगी अड्‍डामा आयोजित कार्यक्रममा नेपाली सेना र त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

लम्जुङ्गमा तैनाथ नेपाली सेना व्यवसायिक कृषि तथा पशुपालन तालिम केन्द्रलाई नेपाली सेना कृषि विज्ञान संस्थानको रुपमा सञ्चालन गरी स्नातक तहको B. Sc. Agriculture कार्यक्रम सञ्चालन गर्ने लक्ष्य अनुरुप सम्पन्न भएको उक्त सम्झौता कार्यक्रममा नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्दकुमार अधिकारीले हस्ताक्षर गरे । 

यसैगरी त्रिभुवन विश्वविद्यालयका तर्फबाट कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डीन, प्रा.भार्गव धितालले हस्ताक्षर गरेको सेनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप