फागुन १ गते मधेश प्रदेशमा सार्वजनिक विदा
शुक्रबार, २८ माघ २०७८, २० : ४१
![फागुन १ गते मधेश प्रदेशमा सार्वजनिक विदा](https://rpcdn.ratopati.com/media/albums/madhes-mukhyalaya_X5GgKz3pz4.jpg)
मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । शुक्रबार मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।
मधेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलोपटक सरकारले औपचारिक रुपमा जनयुद्ध दिवस मनाउन लागेको छ । यसअघि सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले भने मधेश आन्दोलनसँग केन्द्रित रहेर विभिन्न कार्यक्रमहरु गदै आएको थियो ।
जनयुद्धको दिवसको अवसरमा मधेश सरकारले शहीद भएका परिवारलाई जनही तीन लाख रुपैयाँ दिइने घोषणा समेत गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्जन्य घटनाको जोखिम बढिरहेको छ : मन्त्री लामिछाने
-
कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहक दिएर मुख्यमन्त्री लामा दुबई प्रस्थान
-
एउटा समूहले चोरेको मोबाइल अर्को समूहले लुट्न खोज्दा युवकको हत्या
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा
-
बागमती पुलको बिम चर्किएपछि मर्मत थालियो
-
आफ्नै चिपसेट बनाउँदै ओपनएआई