सुमनको गोलसँगै आर्मी हारबाट बच्यो
शुक्रबार, २८ माघ २०७८, २० : ०७
अन्तिम समयमा सुमन अर्यालले गरेको गोलसँगै त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल यूथ क्लबविरुद्ध हार टारेको छ । विदेशी खेलाडी ओनगुना जुनियरको गोलमा जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मीविरुद्ध जित नजिक रहेको थियो । तर सुनमले जगजित श्रेष्ठको पासमा बक्स भित्रबाट उत्कृष्ट गोल गरेपछि खेल रोमाञ्चक बराबरीमा सकिएको हो ।
जावलाखेलको लागि ५३औं मिनेटमा आनगुनाले गोल गरे । उनले रूपबहादुर लामाको पासमा बक्स भित्रबाट सुन्दर गोल गरेका थिए । सुमनले ७ मिनेटको इन्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै आर्मी १८ अंक सहित तेस्रो स्थानमा यथावत छ । जावलाखेल ९ अङ्कसहित ११औं स्थानमा यावत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी