आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी फेरिए

शुक्रबार, २८ माघ २०७८, १८ : ५०
शुक्रबार, २८ माघ २०७८

गृह मन्त्रालयले सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । सोलुखुम्बुमा अनिल खनाललाई पठाइएको छ । सोलुखुम्बुमा कार्यरत गणेश विक्रम शाहीलाई त्यहाँबाट सरुवा गरिएको छ ।

यसैगरी ताप्लेजुङमा  महेश पोखरेललाई पठाइएको छ । पोखरेल सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप