बस्ने ठाउँबारे विवाद हुँदा फर्पिङमा पुरुषको हत्या, ‘अघोरी बाबा’ पक्राउ
काठमाडौंको दक्षिणकाली नगरपालिका–६ फर्पिङमा करिब ४५ वर्षका पुरुषको हत्या गरेको आरोपमा प्रहरीले ‘बाबा’ लाई पक्राउ गरेको छ । बिहिबार साँझ दक्षिणकाली पार्टी प्यालेस अगाडी बस्ने वर्ष ३५ का शिव गिरी उर्फ 'अघोरी'ले बोल्न नसक्ने र मागेर खाने पुरुषलाई चिर्पटले हिर्काए ।
चिर्पट र बाँस प्रहारबाट गम्भीर घाइते भएका पुरुषको शुक्रवार बिहान वीर अस्पतालमा मृत्यु भएको छ । हत्यामा संलग्न शिव गिरीलाई ईलाका प्रहरी कार्यालय फर्पिङले पक्राउ गरेको छ । आरोपीलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
मृतक ७ वर्षदेखि सो ठाउँमा मागेर खान्थे । गिरी र उनको बिचमा दक्षिणकाली पार्टी प्यालेस अगाडी बस्ने ठाउँबारे विवाद भएको थियो । आफू बस्न खोजेको ठाउँमा ति पुरुष बसेपछि आवेगमा चिर्पटले हिर्काएको अघोरीले प्रहरीलाई बताएका छन् ।
आरोपी पनि लामो समयदेखि दक्षिणकाली मन्दिर क्षेत्रमा बस्दै आएका थिए । दुवैजना मन्दिर आसपासमा बसेर मागेर खान्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण