नयाँ पार्टी दर्ताका लागि हृदयश त्रिपाठीले दिए आयोगमा निवेदन, को–को छन् कार्यसमितिमा ?
हृदयश त्रिपाठीले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
३० सदस्यीय कार्यसमितिसहित त्रिपाठीले शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएको सो पार्टीका महासचिव ईश्वरदयाल मिश्रले बताए । पार्टी दर्ताका पार्टीको विधान, घोषणापत्र लगायत कार्यसमिति सदस्यको हस्ताक्षरसहित आवश्यक अन्य डकुमेन्टहरू राखेर निवेदन दर्ता गराएको उनले बताए । उनले भने, ‘३० जनामध्ये १५ जनाले सनाखत गरेका छन् । बाँकी १५ जनाले आइतबार सनाखत गर्नेछन् ।’
अध्यक्ष त्रिपाठीले चुनाव चिन्ह दिएका छैनन्। निर्वाचन आयोगले तीनवटा चुनाव चिन्हमध्ये एउटा चयन गर्न भनेको थियो तर अध्यक्ष त्रिपाठीले आफूले चुनाव चिन्ह पछि दिने बताएका छन् ।
पार्टी वरिष्ठ उपाध्यक्षमा डा.शिवजी यादव छन् । यस्तै अन्य तीनजना उपाध्यक्षमा हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ रहेका छन् । महासचिवमा इश्वर दायाल मिश्र र डा.भरतकुमार थापा रहेका छन् भने सदस्यहरुमा बाबा सरकार श्रेष्ठ, हेमशंकर सिंह ‘राजपुत’, श्याम थापा, देवेन्द्र किशोर ढुगांना, उमा तिवारी, रामचन्द्र सुतियार शर्मा, श्रीमननारायण मिश्र, शोभा त्रिपाठी, गीता भुसाल, श्यम कृषि अधिकारीलगायतका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण