बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

मसालका दुई नेता एमालेमा प्रवेश

प्रचण्ड र माधव नेपाललाई कामरेड भन्न मिल्दैनः ओली
शुक्रबार, २८ माघ २०७८, १८ : १४
शुक्रबार, २८ माघ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई ‘कामरेड’ भन्न नमिल्ने टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाको ढोका चाहर्ने सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई ‘कामरेड’ भन्न नमिल्ने तर्क गरेका हुन् । 

शुक्रबार पार्टी केन्द्रिय कार्यालय थापाथलीमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल)का नेता योगेन्द्र ढकाल र अजिता जिसीलाई पार्टीमा स्वागत गर्दै उनले दाहाल र नेपालप्रति कटाक्ष गर्दै काँग्रेसले हात नदिए हिँड्न नसक्नेहरुलाई वामपन्थी भन्न नमिल्ने बताए । अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाबाहेक काँग्रेस नेताहरुले चुनावमा गठबन्धन नगर्ने भन्दापनि दाहाल–नेपालले त्यसैलाई निरन्तरता दिने भनिरहेको सुन्दा अचम्म लाग्ने गरेको पनि बताए । 

त्यस अवसरमा ओलीले सही पार्टी छनौट गरेको भन्दै ढकाल र जिसीलाई पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश गर्ने ढकालले ओली देशभक्त नेता भएकाले आफूहरु पनि ओली नेतृत्वकै पार्टीमा बसेर देश र जनताको सेवा गर्न चाहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप