बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाली सेनाद्वारा सैनिक संग्रहालय हस्तान्तरण

शुक्रबार, २८ माघ २०७८, १७ : ५७
शुक्रबार, २८ माघ २०७८

नेपाली सेनाले पाल्पा दरवार सैनिक संग्रहालय विधिवतरुपमा हस्तान्तरण गरेको छ ।  बिहीबार पाल्पा दरवार संग्रहालयका प्रमुखलाई विधिवत रुपमा हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी बताएको हो । 

पाल्पाको तानसेन नगरपालिका–४ मा बिभिन्न ऐतिहासिक युद्ध सामाग्री, हातहतियार, पोशाक, आभूषण तथा बिभुषण र महत्वपूर्ण दस्तावेजहरु समाविष्ट गरी सेनाले उक्त संग्रहालय निर्माण गरेको थियो । 

हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, तानसेन नगरपालिका नगर प्रमुख, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख, इतिहासविद्, समाजसेवी, प्राध्यापकहरूको उपस्थिती रहेको थियो ।

उक्त सैनिक संग्रहालयको गत मंसिर १४ गते प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप