आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले १६ जिल्लाको अधिवेशन मिति टुंगो लगायो

शुक्रबार, २८ माघ २०७८, १८ : २६
शुक्रबार, २८ माघ २०७८

नेपाली काँग्रेसले पटक पटक सार्दै आएको १६ जिल्लाको अधिवेशन मिति टुंगो लगाएको छ । काँग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।   काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले फागुन १३ अधिवेशन गर्ने तय भएको रातोपाटीलाई जानकारी दिए ।

उनकाअनुसार फागुन १० गतेभित्र अधिवेशन बाँकी वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन गरिनेछ । पछिल्लो पटक काँग्रेसले माघ १५ गतेलाई अधिवेशनको मिति तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो । त्यसअघि अनिश्चित बनेको अधिवेशन पुनः गर्न काँग्रेस जुटेको हो ।  

काँग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन । ती जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप