शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

छोटो समयमै प्रख्यात ब्राण्ड बन्दै ‘स्वाडल नेपाल’

शुक्रबार, २८ माघ २०७८, १७ : २७
शुक्रबार, २८ माघ २०७८

बालबालिकाहरुको गुणस्तरीय सामाग्रीहरु उपलब्ध गराउँदै आएको ‘स्वाडल नेपाल’ छोटो समयमै प्रख्यात ब्राण्ड बनेको छ । विशेषगरी भर्खर जन्मिएकादेखि पाँच वर्ष मुनिका बालबालिकाको लागि यसले अनलाइनमार्फत सेवा प्रदान गर्दै आएको छ । बालबालिकाहरूको गुणस्तरीय सामान सही मूल्यमा परिपूर्ति गर्ने उद्देश्यले नै स्वाडल नेपालको स्थापना गरिएको हो । 

अहिले कम्पनीले आयात गर्ने भर्खर जन्मिएको बच्चाहरुका लागि स्वाडल, रोम्पर, सुइटर, मोजा, जुत्तालगायतका सामग्रीहरु ग्राहकको विशेष रोजाइमा परेका छन् । परिणाम स्वरुप कम्पनी स्थापना भएको करिव डेढ वर्षमा २ हजार भन्दा बढी ग्राहक बनाउन सफल भएको छ । सामानहरु अनलाइनमार्फत अडर लिइ ग्राहकहरुको घर दैलोमा समयमै पुर्याउने व्यवस्था गरिएको छ । साथै,साइज रङ तथा अन्य कुनै समस्या भएको खण्डमा गुनासो सुन्ने तथा सामानहरु साट्ने सुविधा समेत उपलव्ध गराउँदै आएको छ ।

स्वदेश नेपालले भविष्यमा बालबालिकाको सामाग्रीका लागि ‘एक स्टेप प्लेटफम’ बन्ने विश्वास लिएको छ । साथै, कम्पनीले ग्राहक सेवा केन्द्र बनाउने योजना पनि बनाएको छ । भविष्यमा यस कम्पनीका उत्पादनहरु नेपालमै तयार गरि सुपथ मूल्यमा गुणस्तरीय उत्पादन दिने पनि जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप