शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

राज्यमन्त्री साउद भन्छिन्– अछामको समृद्धिका लागि सातवटा रणनीतिक सडक महत्वपूर्ण

शुक्रबार, २८ माघ २०७८, १७ : ०७
शुक्रबार, २८ माघ २०७८

सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री मीना साउदले अछामको विकास निर्माणका लागि प्रदेश सरकारबाट अहिलेसम्मकै ठूलो सहयोग प्राप्त भएको बताएकी छन् । राज्यमन्त्री साउदले सुदूरपश्चिम प्रदेश सरकारले अछामका सातवटा रणनीतिक सडकलाई अघि बढाउन सफल भएको बताइन् ।

चालू आर्थिक वर्ष ०७८–०७९ बाट काम सुरुवात गरेर आव २०८०–०८१ मा कालोपत्रे गर्ने गरी सडक निर्माण कार्य सुरुवात भएको उनको भनाइ छ । चिसापानी जंगलघाट ऋषिदह वडिमालिका सडक (गैरिटाँड कालागाउँ दर्ना) साँफेबगर नन्देगडा मेल्लेख शोडषा ऋषिदह सडक, मंगलसैन जुपु लुगाडा रामारोशन सडक, चौखुट्टे चौरपाटी सडक, विनायक लयाँटी पुल्लेतोला रामारोशन सडक, साँफे बुढाकोट सडक र बल्देखोला सडकपुल रामारोशनमा सडक निर्माण सम्पन्न गर्ने गरी बजेटको सुनिश्चितता भएको एक कार्यक्रममा उनले उल्लेख गरिन् । तीन वर्षभित्र सम्पन्न हुने गरी सडकका लागि एक अर्ब सात करोड २९ लाख रुपैयाँ प्रस्ताव गरिएको राज्यमन्त्री साउदको भनाइ छ । 


साउदले शिक्षा, स्वास्थ्य, महिलाको जीवनस्तर परिवर्तनका लागि प्रदेश सरकारबाट विभिन्न कार्यक्रम हुँदै आएको बताइन् । शिक्षामा गुणस्तरता, स्वास्थ्यमा सबैको पहुँचका लागि काम हुँदै आएको उनको भनाइ छ । बयलपाटा अस्पताल प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको पनि उल्लेख गरिन् । महिलाको आर्थिक अवस्था परिवर्तनका लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा स्वरोजगारमूलक कार्यक्रम चाँडै सञ्चालनमा आउने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप